प्रमुख समाचार

दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न

By लोकतन्त्र अनलाईन

January 14, 2024

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियामा कोरियन नागरिकसँग बिवाह गरेर आएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि सेमिनार आयोजना गरेको हो । “कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस “ बिषयक सेमिनार -२०२४ कार्यक्रम यहि जनवरी २४ गते आइतवार सउलमा सम्पन्न कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई विभिन्न शिर्षकमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु, भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु, कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू र उनिहरुका सफलताका कथाहरु र भावी योजनाका बारेमा कोरियाका कानुनविद पार्क कुमसोङ ( park kumsong), प्रोफेसर योककुक किम (yongkuk kim) नेपाली चेली कोरियन प्रहरीमा कार्यरत सम्झना राई एवं एनआरएनए महिला संयोजक निला राईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

नेपाली समुदायलाई सहयोग पुग्ने गरि कार्यक्रम गरिएको बताउँदै अध्यक्ष बुद्धि गुरुङले आगामी दिनमा पनि अति आवश्यक र ओझेलमा परेका बिषयमा एनआरएनएले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कोरिया स्थित महिला दिदिबहिनी एवं सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव केशव थापाले गर्नुभएको थियो । उक्त अवसरमा संचारकर्मिहरुलाई सम्मान समेत गरिएको थियो ।