पर्वत-नेकपा (माओवादी केन्द्र) विहादि गाउँ पालिका, पर्बतको दोश्रो गाउँ पालिका सम्मेलन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सम्मेलनले ऋषिराम भुसालको नेतृत्वमा ३५ सदस्य कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा टेकबहादुर थापा, टेक वहादुर वस्याल र ज्ञानु गिरी रहनुभएको छ । कमिटि सचिवमा जीवलाल पराजुली , सह-सचिवमा वैकुण्ठ के.सी र कोषाध्यक्षमा सुनिता पौडेल रहनुभएको छ । यस अघि आयोजित सम्मेलनको उद्घाटन कार्यक्रमा सो पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले सम्वोधन गर्नुभएको थियो । माओवादी केन्द्र पर्वतले जिल्लाका सातवटै पालिकामा सम्मेलन तथा नयाँ नेतृत्व चयन अभियान संचालन गरेको छ ।