प्रमुख समाचार

कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा

By लोकतन्त्र अनलाईन

September 10, 2024

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा रहेको रक गार्डेन होटल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । केहि समय सुसुप्त अवस्थामा रहेको रेष्टुरेन्टलाई आज मंगलवारदेखि नयाँ डेकोरेशन र व्यवस्थापनसहित संचालनमा ल्याईएको हो । न्यू रक गार्डेन रेष्टुरेण्टको आज विहान कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामहरी शर्मा चापागाईले उद्घाटन गर्नुभएको छ । रेष्टुरेन्ट उद्घाटन गर्दै वडाध्यक्ष शर्माले व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बञ्जि साईडमा नयाँ व्यवस्थापन र नयाँ डेकोरेशनमा व्यावसाय संचालन भएको भन्दै यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताउनुभयो । सफल  निर्माण व्यावसायि पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका युवा बुद्ध पुनले पुर्ननिर्माण सहित रेष्टुरेण्ट संचालन गर्नुभएको हो । तीस लाख रुपैया भन्दा बढिको लागतमा रेष्टुरेण्ट पुर्ननिर्माण सहित केहि भौतिक पुर्नसंरचना परिवर्तन गरिएको छ ।

रेष्टुरेण्टमा सवै किसिमका खाजा, खाना, पेय पदार्थ उपलव्ध रहेका छन् । मनोरम र पारिबारीक वातावरणमा बसेर इच्छाअनुसारको खानेकुरा खाँदै रमाउन पाईने संचालक पुनको भनाई छ । पर्वतकै ग्रमीण क्षेत्रमा उत्पादित अर्गानिक खाद्यान्न, सागसब्जि, माछा मासु, स्थानीय जातका कुखुरा र खसीबोकाका परिकारहरु नियमित रुपमा उपब्ध गराईने भएको छ । विश्वकै दोस्रो बञ्जीजम्प भन्दा दुई सय मिटर वर रहेको रेष्टुरेन्टवाट कालीगण्डकी नदिको अवलोकनसँगै बञ्जि, जीपलाईन, यान्त्रिक पुल लगायतको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । रेष्टुरेण्टको संचालनसँगै लामो समयदेखि बन्द रहेको पिङ समेत संचालनमा ल्याउने तयारी भएको संचालक बुद्ध पुनले जानकारी दिनुभयो । पुनले रेष्टुरेण्टवाट होम डेलिभरीको सुविधा समेत दिईने भएको छ । आजदेखि संचालनमा आएको रेष्टुरेन्टलाई ग्राहकहरुको माग र चाहना अनुसार परिमार्जित लगिँदै जाने र कुश्माको पहिचानयुक्त रेष्टुरेन्टको रुपमा विकास गर्ने योजना संचालक पुनले बनाउनुभएको छ । यो रेष्टुरेन्ट आजभन्दा झण्डै एक दशक अघिदेखि संचालनमा आएको थियो ।