उद्योग वाणिज्य संघ जलजलामा बरुवाल - News site from Nepal
उद्योग वाणिज्य संघ जलजलामा बरुवाल

पर्वत- उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ ।

अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष उद्योगतर्फ मुकुन्द शर्मा, वाणिज्य तर्फ बाबुराम पौडेल, महासचिव कृष्ण प्रसाद सुवेदी, सचिव नवीन जिसी र कोषाध्यक्षमा ढुण्डीराज पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा तारा कार्की, जीवन थापा, शान्ती पुन, गणपती रेग्मी, वुद्धीबहादुर नेपाली र चेत प्रसाद सुवेदी रहनुभएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!