प्रमुख समाचार

ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

February 10, 2024

रामचन्द्र भुसाल फलेवास, माघ २७ –  पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयमा ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार ट्याग परीयोजनाकि केन्द्रिय संयोजक भाग्यश्री विष्ट र सहसंयोजक दिक्षा अधिकारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ट्याग परीयोजनामा आवद्ध रहेका ट्याग गर्लस र अभिभावक, पुस्तकालयका कर्मचारी तथा सञ्चालन समितिका पदाधिकारी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समजसेवी, वुद्धिजीवि, पत्रकार लगायतको सहभागिता रहकेको थियो ।

कार्यक्रममा अभिभावकहरुले आफ्ना छोरीहरु ट्याग परीयोजनामा आवद्ध भएपछि प्रविधि तथा बोलीचालीको क्षेत्रमा दक्ष हुन सफल भएको बताउँदै कार्यक्रमलाई निरन्तर रुपमा अगाढि बढाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय संयोजक भाग्यश्री विष्टले ट्याग परीयोजनाको भावि योजना तथा किशोरीहरुलाई अवका दिनहरुमा दिईने तालिमको बारेमा जनकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अभिभावकहरुले दिएको सकरात्मक प्रतिक्रियाले परीयोजनालाई सफल बनाउन प्रेरति गरेको कुरामा खुसि व्यक्त गर्दै संयोजक विष्टले अवको कार्यक्रम झनै फलदायि र सिपमुलक रहने विश्वास दिलाउनुभयो । अवका दिनहरुमा थप गरीने कार्यक्रमहरुले पुन ५५ जना किशोरीहरुलाई समेटेर लैजाने बताउँदै विष्टले फेरी पनि यसै क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थिहरुको पहिचान गरी सहजिकरण गर्न सवैसमक्ष आग्रह गर्नुभयो ।

पस्तकालयले गरेको सहयोग र यस क्षेत्रका स्थानियको लगावले गर्दा परीयोजनाले सोचेअनुसारको नतिजा हाँसिल गर्न सफ भएको बताँदै सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पुस्तकालयकि ट्याग संयोजक रमा भुसालले हालसम्म गरेका कार्यप्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै भवानि विद्यापिठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले ट्यग गर्लसहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास हुनुका साथै निर्धक्क भएर वोल्ने कलाको विस्तार भएको बताउँदै यसपछाडिको क्रियाकलापले किशोरीहरुमा चौतर्फि रुपमा अतिरिक्त ज्ञान हाँसिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा किशोरीहरुले परीयोजनामा आद्ध भएपछि आफुहरुमा आएका परिवर्तन तथा परीयोजनामा सिकेका कुराहरु पालैपालो सुनाउनुभएको थियो भने मनोरञ्जनात्मक तवरबाट विभिन्न गित तथा कवितामार्फ ट्यग परीयोजनाले सिकाएका कुराहरु दर्शाउनुभएको थियो । अन्तरक्रिया तथा छलफलबाट अभिभावकहरुले यो परीयोजना किशोरीहरुको लागि अत्यन्तै आवश्य भएको बताउँदै यसरीनै निरन्तर रुपमा अगाढि बढान अनुरोध गर्नुभएको थियो ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत ट्याग गर्ल्स झर्ना परीयारले गर्नुभएको थियो भने सञ्चालन ट्यग गलर््स अनिषा चपाईँले गर्नुभएको थियो ।