पर्वत– पर्वतको पैंयुँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा जीवन गैरेको पदस्थापन भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरवार काठमाण्डौमा कार्यरत गैरेको पैंयुँ गाउँपालिकामा सरुवा भएको हो । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत गैरेले सोमवार पैंयुँ गाउँपालिकामा पदस्थापन गर्नुभएको छ । गैरेलाई गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले पदस्थापन गराउनुभएको हो । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत गैरेलाई स्वागत गर्दै अध्यक्ष ठकुरीले पैंयू गाउँपालिकाको विकास र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर काम गर्नुपर्ने बताउनुभयो । विकासका दृष्टिकोणले विस्तारै फड्को मार्दै गएको पैंयुँ गाउँपालिकाको समग्र आर्थिक, सामाजिक, शैक्षिक, भौतिक विकासका साथै कृषि क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै जनप्रतिनिधिबीच समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गर्नुभएको छ । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत गैरेले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र नागरिकहरुसँगको समन्वय र सहकार्यमा समग्र पालिकाको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।