पर्वत- पर्वतको राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका चन्द्रबहादुर गुरुङ र राधादेवी गुरुङको १६ औ स्मृति दिवस भव्य रुपम मनाईने भएको छ । राधा चन्द्र स्मृति प्रतिष्ठान पर्वतले यहि माघ २९ गते पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानले शुक्रवार कुश्मामा पत्रकार सम्मेलन गरी स्मृति दिवसका कार्यक्रमको बारेमा जानकारी दिएको हो । स्मृति दिवस गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । मुख्यमन्त्री सँगै मन्त्रीहरु दिपेन्द्र थापा, सरस्वती अर्या लगायत पर्वतवाट निर्वाचित संघीय तथा प्रदेश सांसद, संविधानसभा सदस्य तथा पुर्व सांसदहरु, सातवटै पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको अवसरमा शहिद परिवारलाई सम्मान, सांस्कृतिक र प्रवचन कार्यक्रमहरु गरिने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठाका मुख्य संरक्षक नबराज गुरुङले राणा शासनको विरुद्धमा लाग्नुभएका आफ्ना पिता चन्द्रबहादुर गुरुङले पर्वतका राजनीतिक तथा सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपुणर् योगदान पुर्याएको बताउनुभयो । उहाँले आफुपनि आफ्ना माता पिताको सपना साकार पार्नका लागि अनवरत रुपमा संघर्ष गर्दै आएको बताउनुभयो । स्मृति दिवसको अहिले भव्य रुपमा तयारी भैरहेको छ । पत्रचार लगायत अन्य व्यवस्थापनका कामहरु भैरहेको प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको संचालन प्रतिष्ठानका सचिब उत्तम अधिकारीले गर्नुभएको थियो । सो अवसरमा सहभागि पत्रकारहरुले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।