प्रमुख समाचार

स्वर्गीय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्

By लोकतन्त्र अनलाईन

January 09, 2024

पर्वत /जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले आफ्ना पिताजीले पर्वतको विकास, सुशासन, समाज रुपान्तरण र प्रजातन्त्रको रक्षाको लागि गर्नुभएको त्यागका कारण आजपनि उहाँको सम्मान हुने गरेको वताउनु भयो । नेता जोशीले आफ्नो पिताको उच्च आदर्श र राजनीतिक प्रेरणाबाट आफू राजनीतिमा लागेको वताउँदै जनताको विश्वास र भरोसामाथि कहिल्यै खेलवाड नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘म आँफु तीन/तीन पटक सांसद हुँदा जनताको लागि के कति गरें त्यो त थाहा छैन, तर जति गरेको छु इमान्दारिताका साथ गरेको छु । जनतामा वदनाम हुने काम गरेको छैन ।’–उहाँले भन्नुभयो । नेता जोशीले आफू अहिले जनताको निर्वाचित प्रतिनिधि नरहेपनि जनताको सुखदुखबाट अलग नरहेको वताउँदै आफ्नो भूमिकाको आवस्यकता पर्दा सँधै सम्झिन आग्रह गर्नुभयो ।