पर्वत- पर्वतको फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरिएको छ ।
लायन्स क्लव अफ पर्वत सारथीले बुधवार उक्त विधालयमा एक थान कम्युटर हस्तान्तरण गरेको हो । औपचारिक रुपबाट सञ्चालित कार्यक्रम सारथी क्लबका अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा भएको थियो ।
फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जोन चियर पर्सन ज्ञानेन्द्र कुमार जोशी,लायन्स क्लब अफ पर्वत भुमेकोटका अध्यक्ष तेजेन्द्र सुवेदी,विधालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णप्रसाद सापकोटा ,विद्यालयका प्रधानाध्यापक वैकुण्ठप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
क्लवका अध्यक्ष अनिता सापकोटाले लायन्सकर्मीहरुले सामाजिक उतरदायित्व स्वरुप विधालय लाई सहयोग गरेको बताउनुभयो । उहाँले आफ्नो क्लवले आगामी दिनमा पनि सामाजिक कार्यमा सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रमको स्वागत लिला दवाडी र सन्चालन शान्ती श्रेष्ठले गर्नुभएको थियो ।