प्रमुख समाचार

स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा जनवरी २१ मा हुने

By लोकतन्त्र अनलाईन

January 08, 2024

कमला केसी/दक्षिण कोरिया दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परवार दक्षिण कोरियाको २६ औँ साधारण सभा हुने भएको छ । संस्थाको २६ औँ साधराण सभा आगामी जनवरी २१ गते आईतवार हुने भएको हो । नेपाल थाई रेष्टुरेण्टको सभा हल सिओलमा हुने साधारण सभाा विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुनुका साथै आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरिने भएको छ । कार्यक्रम विहान ११ बजेदेखि शुरु हुने भएको छ । समाजका उपाध्यक्ष माधव अर्यालले अहिले साधारण सभाको तयारी भैरहेको छ । साधारण सभामा सहभागि हुन दक्षिण कोरियावासी सम्पुणर् दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै विताऔँ परदेशी जीवन भन्ने मुख्य नारा सहित स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।