प्रमुख समाचार

सडक दुर्घटनाको क्षति न्यूनिकरणका लागि सशस्त्र प्रहरीद्धारा डेमो प्रदर्शन

By लोकतन्त्र अनलाईन

October 05, 2024

पर्वत- बढ्दो सवारी दुर्घटनाका साथै क्षति न्यूनिकरणका लागि जनचेतना फैलाउने उद्धेश्यलेसशस्त्र प्रहरी बल नेपाल नं २५ गण चण्डिका कुश्माको आयोजनामा आज कुश्मा सदरमुकाम मा कृत्रिम घटनामा आधारित नमुना अभ्यास गरिएको छ । ठुलो जनधनको क्षती सहित हुने गरेका दुर्घटनामा क्षती न्यूनिकरण लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्याक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर चण्डिका कुश्मा शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाले वताउनु भयो । गणको आयोजनामा सडक दुर्घटना सम्वन्धि कृत्रिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण प्रतिकार्य नमुना अभ्यास सम्पन्न भएको हो ।

पर्वत सदरमुकाम कुश्मा वडगाउँ खेल मैदान नजिकै गरिएको सडक दुर्घटनामा आधारित कृत्रिम घटना अभ्यासमा कुश्मा स्थित विभिन्न विद्यालयका विद्यार्थीहरु सशस्त्र प्रहरी वल तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । नमुना अभ्यासमा सडक दुर्घटना भै सके पछि कसरी घाइतेहरुको उद्धार गरिन्छ । भन्ने विषयमा अभ्यासमा देखाइएको थियो । ।नमुना अभ्यास कार्यक्रमा वोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा ले सडक दुर्घटना भै सके पछि क्षती न्यूनिकरणका यस्तो किसिमको अभ्यासले ठुलो सहयोग गर्ने वताउनु भयो ।

उहाले दुर्घटना भैसकेपछी कम धनजनको क्षतीका लागि आवश्यक श्रोत साधन सहित तयारी गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका उप प्रमुख स्वस्थानी रिजाल लगाएतले सडक दुर्घटना मा शसस्त्र प्रहरीवलले पुर्याउने गरेको योगदानको प्रसंशा गर्दै क्षती न्यूनिकरणका लागि सवै सजग रहनुपर्ने भनाई राख्नु भएको थियो ।