प्रमुख समाचार

एमाले जलजलाको अध्यक्षमा कार्की निर्वाचित

By लोकतन्त्र अनलाईन

December 04, 2024

पर्वत- नेकपा एमाले जलजला गाउँकमिटिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट नयाँ नेतृत्वमा पुर्व प्रदेश कमिटि सदस्य नरबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ७५ मत पाउँदा उहाँका प्रतिस्पर्धि टेकबहादुर जिसीले ४४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्ष खुल्लामा महेन्द्र रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । भने सचिबमा निलकण्ठ सुवेदी बिजयी हुनुभएको छ । सुवेदीका प्रतिस्पर्धि हिराबहादुर जिसीले ४८ मत प्राप्त गर्नुभएको छ । किमिटको उपसचिबमा दिपक पुन ५८ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धि रामबहादुर थापाले ५७ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिबमा भने सुनिता बरुवाल जिसी निर्विरोध निर्वाचित हुनुभएको थियो । लेखा समितिको अध्यक्षमा प्रकाश जिसी निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीलाई पदमपाणी शर्मा प्यानलको साथ रहेको थियो भने जिसी केन्द्रीय सदस्य तथा सांसद पदम गिरी निकट भएको बताईएको छ । लामो समयको सहमतिको प्रयास असफल भएपछि अन्ततः चुनावी प्रकृयामार्फत नेतृत्व टुंगाईएको हो । कमिटिका अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । एमाले पर्वतमा जिल्लादेखि वडा तह सम्मनै गुटगत प्रभाव देखिँदै गएको छ ।