पर्वत २० साउन ः पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ७ खरेहाबाट लागूऔषध सहित ४ जना महिला पक्राउ परेका छन् ।
कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा वस्ने २१ बर्षकी रोशनी नेपाली र ३० बर्षिया रविना तामाङको कोठाबाट प्रहरीले लागू औषध बरामद गरेको हो । लागू औषधको कारोबार भईरहेको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरीको टोलीले उनीहरुको डेराबाट उक्त लागू औषध बरामद गरेको प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रोशनीको डेरावाट नुर्फिन एक सय ५७ एम्पुल, प्रोमेथाईजिन एक सय ६२ एम्पुल र डाईजेपाम एक सय ३७ एम्पुल तथा नाम केहि उल्लेख नगरिएको २३ एम्पुल लागु औषध बरामद गरिएको छ ।
त्यसैगरी रबिना तामाङको डेरावाट नुर्फिन ११ एम्पुल, प्रोमेथाईजिन ११ एम्पुल र डाईजेपाम ११ एम्पुल बरामद गरिएको प्रहरी निरिक्षक बरामले जानकारी दिनुभयो ।
उनीहरुसँगै लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले कुश्मा ७ खरेहा बस्ने २५ बर्षिया रेखा नेपाली र २६ बर्षिया श्रीष घर्र्ती मगरलाई पनि पक्राउ गरेको हो ।
पक्राउ परेका चार जनालाईनै पर्वत जिल्ला अदालतवाट लागू औषध बेचविखन कार्य अन्तर्गत मुद्धा दर्ता गरी १५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।