प्रमुख समाचार

बैशाख २५ गतेबाट  पर्वतमा ट्राफिक सप्ताह  संचालन हुने

By लोकतन्त्र अनलाईन

May 03, 2024

पर्वत – सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले साताव्यापी रुपमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ । २५ बैशाख देखि ३१ गतेसम्म पर्वतको सदरमुकाममा ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागेको ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए ।

ओझाका अनुसार सप्ताहको पहिलो दिन २५ बैशाखमा ट्राफिक सचेतना मुल क प्लेकार्ड सहित ¥याली निकाली कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जाशीको प्रमुख आतिथ्यता बालकलाई हेलमेट लगाईदिएर उद्घाटन गर्ने, २६ बैशाखमा चोकचोकमा ट्राफिक प्रहरी सँगै स्वयंसेवक परिचालन गरि जनचेतनामूलक पर्चा पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, चालक र सहचालकलाई सम्झाई बुझाई गर्ने, माईकिङ गर्ने, खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित पार्किङ हटाउने, तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस, मास्क वितरण र छत तथा हुटमा यात्रा गर्ने यात्रुलाई प्रशिक्षण दिईने छ ।

ट्राफिक सप्ताहको चौथो दिन चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालक परिचालकलाइ प्रशिक्षण प्रदान गर्ने, पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । यस्तै सप्ताहको पाँचौं दिन ट्राफिक सप्ताहको ब्यानर सहित मानिसको बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थीलाई प्रशिक्षण प्रदान गरिनेछ । छैठौं दिन स्वास्थसंस्था संग समन्वय गरि चालक सह–चालकलाई स्वास्थ जाँच ब्लड प्रेशर आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन बैशाख ३१ गते जिल्लाका पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिहरूको संझनामा पर्वतको प्रमुख चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख ओझाले बताए ।