प्रमुख समाचार

भवानि विद्यापिठ माध्यमिक विद्यालयमा जिल्लास्तरी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।।

By लोकतन्त्र अनलाईन

February 03, 2024

रामचन्द्र भुसाल पर्वत – पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यपात्रो बमोजिम शुक्रबार जिल्लास्तरयि विज्ञान–गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । पर्वत जिल्ला भित्र रहेका माध्यमिक तह अन्र्तगत कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षीत गरी उक्त कार्यक्रम गरीएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला भित्रका ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । विद्यार्थिहरुलाई विज्ञान–गणित विषयमा आधारीत रहेर विभिन्न चरणहरुमार्फत प्रतियोगिता सञ्चालन गरीएको थियो । कार्यक्रममा नमुना आवासिय माध्यमिक विद्यालयले ८०.५ अंक प्रप्त गरी प्रथम स्थान गर्न सफल भएको थियो भने, भवानि विद्यापिठ माध्यमिक विद्यालयले ५४ अंक प्राप्त गरी द्धितिय स्थान, नारायण माध्यमिक विद्यालयले ४८ अंक प्राप्त गरी तृतिय स्थान, सरस्वति माध्यमिक विद्यालयले ४२ अंक प्राप्त गरी सान्तवना स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी सहभागि राम माध्यमिक विद्यालयले ३२ अंक, जनकल्याण माध्यमिक विद्यालयले ३३.५ अंक, माटेदेवल जनसहयोगि (प्राविधिक तथा व्यवसायिक) विद्यालयले ३५ अंक, जनज्योती माध्यमिक विद्यालयले १८.५ अंक, स्वधर्म माध्यमिक विद्यालयले ३९.५ अंक, लिमिठाना माध्यमिक विद्यालयले २३ अंक, जनता माध्यमिक विद्यालयले १७ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा विजेता प्रथम, द्धितिय, तृतिय हुने समुहलाई क्रमश नगद रु ६०००, ट्रफि र प्रमाणपत्र, ४०००, ट्रफि र प्रमाणपत्र, ३०००, ट्रफि र प्रमाणपत्र, र सान्तवना हुनेलाई नगद रु १००० संगै प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले विद्यार्थिहरुलाई अतिक्ति ज्ञान बढाउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरीएको बताउँदै सहभागि सम्पुर्ण विद्यालयहरुलाई शैक्षिक क्षेत्रमा उच्च सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक अच्युत पराजुली र कृष्णराज पौडेलले गर्नुभएको थियो ।