प्रमुख समाचार

पर्वतको फलेवासमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

By लोकतन्त्र अनलाईन

January 03, 2024

रामचन्द्र भुसाल पर्वत – फलेवास नगरपालिका ५ खानिगाउँमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार खानिगाउँको खौलामा लाहुरे बा र भिम श्रेष्ठको बिषेश आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पर्वत र बागलुङ्का गरी १४ टोलिको सहभागिता रहेको थियो । खानिगाँउका युवा तथा समावसेवीहरुको आयोजनामा प्रतियोगिता सम्पन्न भएको भवनपोखरा टोल सुधार संँस्थाका अध्यक्ष तथा खेलाडि अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा कृष्ण हमाल र गोकुल लामिछाने डिमुवाको समुहले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने हरी लामिछाने र नारायण शर्मा कुश्माको समुहले द्धित्तिय स्थान हात पार्न सफल भएको खेल संयोजक सुरेस गुरुङले जानकारी दिनुभयो । प्रथम हुने समुहलाई नगद रु १५ हजारद्धारा पुरस्कृत गरीएको आयोजकका प्रतिनिधि रोषन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम सफल पार्नको लागि बयर डाडाँ वन उपभोक्ता समितिको तर्फबाट नगद रु ३००० सहयोग रकम प्रदान गरीएको थियो भने खेलाडि लाहुरे बा को तर्फबाट एक बकेट कक सौजन्य भएकोे थियो । कार्यक्रममा विभिन्न जिल्लास्तरीय खेलाडि, जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मि, पत्रकार लगायतको उपस्थीति रहेको थियो । खेल मैदान तथा कवर्ड हलको अभाव झेल्दै ब्याडमिन्टन खेल सञ्चालन गर्दा धेरै असहज भएकोे गुनासो गर्दै आयोजकहरुले सम्बन्धित निकायसंग उचित किसिमको खेल मैदान तथा हलको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । बाँसको किल्लाहरु ठडाएर टनेलको प्लाष्टिकले हावा छेक्दै खेल सञ्चालन गरीएको थियो । खानिगाउँका जनप्रतिनिध हरी कुमार श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।