एमालेको सम्बृद्धिका लागि संकल्प अभियान : २१ गते ओली पर्वत आउँदै - News site from Nepal

पर्वत-  नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पर्वतमा भने २१ मंसिरमा आयोजना गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले २१ गते कुश्मामा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गर्ने एमाले पर्वतले जनाएको छ ।

एमाले पर्वत जिल्ला कमिटि वैठकले आमसभालाई भब्य बनाउने निर्णय गरेको एमाले अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अन्तर्गत पश्चिमको झुलाघाटबाट आज देखि अभियानको शुरुवात गर्दैछ । उक्त अभियान मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुमा सञ्चालन हुनेछ ।

एमाले नेता पुष्पलालको नामबाट परिचित यस लोकमार्गले छोएका जिल्लाहरुमा एमालेले सम्बृद्धिको लागि संकल्प अभियान सञ्चालन गर्न लागेको हो । आगामी मंसिर २१ गते कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष लगाएत केन्द्रिय स्तरका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!