पर्वतको तमादीखोलमा आएको बाढीले जीप बगाउँदा तीन यात्रु वेपत्ता

By लोकतन्त्र अनलाईन

September 30, 2023

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा- बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप साँझ साढे ६ बजेतीर बाढीले बगाउँदा तीन पुरुष सहित गाडी समेत वेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राईभर भने हामफालेर बाँच्न सफल भएका छन् । प्रहरी निरिक्षक केशब केसीका अनुसार जीप र हराईरहेका यात्रुको खोजी कार्य भैरहेको छ । घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन् । शनिवार साँझ परेको भिषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।