प्रमुख समाचार

शिवालय माध्यमिक विधालयका विधार्थीलाई छात्रवृत्ति वितरण

By लोकतन्त्र अनलाईन

August 26, 2023

पर्वत- पर्वतको कुश्मा नगरपालिका ६ स्थित शिवालय माध्यमिक विधालयका विधार्थी लाई छात्रवृत्ति वितरण गरिएको छ । आज एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयमा स्थापना भएको नागाशाकी भद्र- सरस्वती अक्षयकोषकाे व्याज वाट गरिव, जेहेन्दार र भुकम्प पीडित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । प्रति विद्यार्थी रु ३००० का दरले १९ जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हाे । जापानमा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी उषा पौडेल भण्डारी क्षेत्री र उहाका श्रीमान ठाकुर पौडेल क्षेत्रीकाे पहलमा रु सात लाख वरावरकाे उक्त अक्षयकोष स्थापना गरिएको थियाे । अक्षयकोषकाे व्याज वाट प्रत्येक वर्ष यसरी नै छात्रवृत्ति वितरण गरिदै आईएकाे छ । आज भएको छात्रवृत्ति वितरण कार्यक्रममा अक्षयकोष स्थापना गर्न पहल गर्नु हुने उषा भण्डारी पौडेल क्षेत्री र उहाकी आमा तथा अक्षयकोष व्यवस्थापन समिति अध्यक्ष सरस्वती भण्डारीलाई सम्मान समेत गरिएको छ । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईंले सम्मानपत्र तथा दाेसल्ला ओढाएर सम्मान गर्नु भएको थियाे । कार्यक्रममा शिवालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा पुर्व शिक्षक लेखनाथ उपाध्याय, विद्यालयका सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुकाे उपस्थिति थियाे । अक्षयकोष व्यवस्थापन समिति अध्यक्ष सरस्वती भण्डारीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईंले स्वागत मन्तव्य राख्नु भएको थियाे भने कार्यक्रमकाे सञ्चालन अक्षयकोष व्यवस्थापन समिति सचिव तथा विद्यालयका पुर्व शिक्षक कमलनाथ शर्माले गर्नुभएको थियाे । अक्षयकोषका अध्यक्ष सरस्वती भण्डारीले आफुले पढाएको विधालय समेत र सन्तानहरु पढेको विधालय भएकाले शिवालय माध्यमिक विधालय प्रती अघात स्नेह रहेको बताउनुभयो । विगतमा ४६ वटा विधालयमा शैक्षिक सामाग्री सहयोग गरेको, लायन्स क्लवहरु र ब्याक्तिगत रुपमा पनि शिक्षामा आफुले सधैं सहयोग गरेको भण्डारीले बताउनुभयो । अक्षयकोष दाता उषा भण्डारी पौडेल क्षेत्रीले शिवालय मावीलाई आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । सदरमुकाम कुश्मामा रहेको शिवालय माविमा समावेशी शिक्षण र अपाङगता छात्रवास समेत रहेको छ भने बालविकास देखि १२ कक्षा सम्मको पढाई हुँदै आएको छ ।