खेलकुद

दक्षिण कोरियामा नेपाली खेलाडी संघ गठन

By लोकतन्त्र अनलाईन

December 25, 2023

कमला केसी/दक्षिण कोरिया विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली खेलाडीहरु संगठित भएका छन् । उनिहरुले नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन गरेका हुन् । नवगठित समितिको अध्यक्षमा आरके पहारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी महासचिबमा बिक्रम बज्यू तामाङ, सचिवमा जमन सिङ् गुरुङ र कोषाध्यक्षमा सागर गुरुङ रहनुभएको छ । संघका सदस्यहरुमा राम बहादुर थोकर, लक्ष्मण थोकर, सुर्य गुरूङ, थमन पुन, रमेश क्षेत्री रहनुभएको छ । संघको संरक्षकमा विपिन कुमार गुरुङ, बरिष्ट सल्लाहकारमा ब्रो य तमू तथा सल्लाहकारमा मिलन श्रेष्ठ र चन्द्र तामाङ रहनुभएको छ । नवगठित संघले खेल क्षेत्रको विकास र खेलाडीहरुको हितमा काम गर्ने जनाएको छ ।