प्रमुख समाचार

पर्वतको कार्किनेटामा श्रद्धाञ्जली सभा सम्पन्न

By लोकतन्त्र अनलाईन

February 24, 2023

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका सक्रिय सदस्य तथा कर्मचारी संगठनका नेता स्वर्गिय तिलाकान्त शर्माको निधन भएको १३ औँ दिनको पुण्य तिथिको अवसरमा उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

वडा कमिटि कार्किनेटाको आयोजनामा भएको श्रद्दाञ्जली सभामा बोल्दै नेकपा एमालेका नेता गणेश शर्मा पौडेलले शर्माको निधनले सिंगो पार्टी पंक्तिका साथै कर्मचारी वर्गमा अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँले स्वर्गिय शर्मा इमान्दार र निष्ठावान, राष्ट्रसेवक भएको बताउँदै उहाँ र उहाँका बाबु बोलानाथ शर्मा भाई भोलानाथ शर्मा लगायतको नेकपा एमालेमा ठुलो योगदान रहेको बताउनुभयो । भूमिगत कालदेखिनै सेल्टरदाताको रुपमा रहनुभएको उक्त परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान होस् भन्दै उहाँहरुको योगदानको पार्टीले सँधै कदर गर्ने बताउनुभयो । शर्माले भूमिगत कालमा एमालेका नेताहरुलाई संरक्षण गर्ने उक्त गाउँको स्मरण समेत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिबालय सदस्य शान्त पौडेल, एमाले जिल्ला कमिटि अध्यक्ष राजु पौडेल, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, उपसचिब शिव पौडेल, फलेवास नगरक मिटिका अध्यक्ष देवीप्रसाद तिमिल्सिना, नगर सदस्य सुनिता शर्मा लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वर्गिय शर्मा वडा नं. १ कार्किनेटाको वडा सचिबको रुपमा कार्यरत रहनुभएको थियो । उहाँको उपचारका क्रममा निधन भएको हो ।

नेकपा एमाले कार्किनेटा वडा कमिटिका अध्यक्ष गिरीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष शिवप्रसाद शर्मा र संचालन सचिब बेदांगभक्त पाध्याले गर्नुभएको थियो ।