पर्वत- प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पछि सांसद एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्न घरदैलो अभियानमा निस्किनुभएको छ । संसद संचालन नभएको मौका छोपेर बुधवारदेखि गिरी गाउँ अभियानमा निस्किनुभएको हो । उहाँले आफुले निर्वानका बेला गरेका प्रतिवद्धता के कति पुरा भए, के कति बाँकी छन् र जनताको आशा र अपेक्षा तथा आवश्यकता के छन् भन्ने बुझन्का लागि निर्वाचन अघिकै जसरी घरदैलो गरिरहनुभएको छ । यो अभियान एक साता सम्म संचालन हुने छ । जनअपेक्षा, यथार्थता र संकल्पको मुख्य लक्ष्य सहित बुधबारदेखि शुरु भएको अभियान अन्तर्गत मोदी गाउँपालिकाका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङमा पुगिसक्नुभएको छ । शुक्रवारदेखि फलेवासका बस्तीहरुमा पुग्ने कार्यक्रम रहेको सांसद गिरीका सोकिय सचिब दिलिप पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएपछि जनताले आफ्ना विभिन्न गुनासा र मागहरु राखिरहेका छन् । छोटो कार्यकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका गिरीले गाउँ वस्तीमा जनताले भोगीरहेका समस्याहरु राष्ट्रिय राजनीतिमा उजागर गर्ने प्रतिबद्धता ब्यक्त गरीरहेका छन् । दोस्रो कार्यकालका लागि प्रतिनिधि सभामा बिजयी हुनुभएका गिरीले पहिलो कार्यकालमा जिल्ला भरी साइकलमा हिडन मिल्ने सडक बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । गिरीले प्रतिबद्धता गरेका बाचा जिल्लाबासीले भने वस्ती डुल्ने अभियानमा स्मरण गराएका छन् । जिल्लामा विगत ६ बर्षको अवधिमा १ सय २५ वटा ग्रामीण सडक कालोपत्रे भएको छ । यत्तिले मात्र सवै वस्तीमा कालोपत्रे सडक अझै पुगेको छैन । सांसद गिरीले देशको आर्थिक अवस्था विग्रदै गएका कारण तोकिएका अवधिमा आफना प्रतिबद्धताहरु पुरा नभएको बताउनुभयो । उहाँले केहि बर्षमै सवै मुख्य सडकहरु कालोपत्रे हुने विश्वास दिलाए । बुधवार मोदीको भुकमा वडा कार्यालय भवनको शिल्यान्यास गरेका गिरी मोदी २ देउपुरका स्थानीयसग अन्तक्रियामा सहभागी हुनुभयो । सुन्तला उत्पादनमा प्रसिद्ध देउपुरका वस्तीहरुको गुनासो सुनेपछि गिरी मोदी ३ देउरालीका माझगाउँ, जयले, घुरुङशेरा, घुरुङगा, लाङदीका वस्तीहरुमा पुग्नुभएको थियो । देउरालीका जनताले गिरीसंग सडक सञ्जालको स्तरोउन्नतीको माग राखे । रित्तिदै गएका वस्तीहरुमा विद्यालयहरुमा विद्यार्थी छैनन् । गाउँमा बादरको आतंक छ । अल्लोबाट उत्पादन भएका सामाग्रीहरुले बजार पाएका छैनन । स्थानीयले यस्तै यस्तै गुनासा राखे ।
विहिबार मोदी ५ बाजुङ र मोदी ४ क्याङको हलहलेका वस्तीहरुमा पुगेका गिरीसंग सडक स्तरोउन्नती नहुँदाको सास्ती स्थानीयले तेर्साए । गिरीले केहि बर्ष अझै कुर्न आग्रह गर्दै सवै मुख्य सडकहरुमा साइकल कुदाउने योजना अझै जीवित रहेको उल्लेख गर्नुभएको छ । सरकारमा आफ्नो दल नभएका कारण धेरै जनताका अपेक्षाहरु पुरा गर्न नसकिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्न निरन्तर सक्रिय रहने उहाँको भनाई थियो ।