प्रमुख समाचार

दक्षिण कोरियामा सम्पन्न “आँधीखोला सांगीतिक सौगात-६को आयव्यय सार्वजनिक

By लोकतन्त्र अनलाईन

November 20, 2023

कमला केसी/सउल दक्षिण कोरियाको मुख्य पर्व छुसकको अवसर पारेर आयोजना गरिएको “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिएको छ । नोभेम्बर १९ तारिकमा सउलस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा कार्यक्रमको समीक्षा बैठक सहित आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले उक्त कार्यक्रम करिब पौने चार करोड वोन अर्थात् ३ करोड ७३ लाख ४६ हजार ६ सय ४९ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ गत सेप्टेम्बर २९ तारिक सउलको छुङ्ग्रो ओगा नजिकै स्याङ्जा परिवार दक्षिण कोरियाले सो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको करिव डेढ महिना भित्र सार्वजनिक भएको यस कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ७ करोड ९४ लाख २९ हजार ५ सय ५९ वोन र खर्च ४ करोड २० लाख ८२ हजार ९ सय १० वोन घटाएर वोन ३ करोड ७३ लाख ४६ हजार ६ सय ४९ कोरियन वोन वचत भएको हो । कोरियास्थित क्षेत्रीय छाता संस्था नेपाली सम्पर्क समिति एनसिसी ले अनुमति दिएको र गण्डकी प्रदेश समाजले विशेष सहयोग गरेको उक्त “आँधीखोला सांगीतिक सौगात-६” को सम्पूणर् आय व्यय सार्वजनिक गर्दै केन्द्रीय कोषाध्यक्ष अर्जुन अर्यालले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । सो कार्यक्रमको अवसर पारेर बागलुङ समाज दक्षिण कोरियाले आउँदो कोरियन नयाँ वर्ष सलनालमा (फेब्रुअरी १०) “धौलागिरी सांगीतिक सौगात ४” कार्यक्रम आयोजना गर्ने घोषणा कार्यक्रम र कोरिया बसाई बिट मार्दै संस्थाका निवर्तमान केन्द्रीय उपाध्यक्ष राम प्रसाद न्यौपाने नेपाल जानुहुने भएकोले उहाँको सम्मान तथा विदाई कार्यक्रम समेत गरिएको थियो । “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूणर् संघ-संस्था, सहयोगीलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ । संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभाध्यक्ष, प्रमुख अतिथिका रुपमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनाल, विशेष अतिथिहरुमा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी र सोही समाजका सल्लाहकार तथा कास्की परिवार दक्षिण कोरियाका संरक्षक खोम प्रसाद गुरुङ, गण्डकी प्रदेश समाजका महासचिव विदुर शर्मा, बागलुङ समाजका अध्यक्ष भूमिराज भुसाल, नेपाली सम्पर्क समितिका महासचिव दीपक थापा, पर्वत समाजका महासचिव कमला केसी, स्याङ्जा परिवारका पूर्वाध्यक्ष तथा केन्द्रीय वरिष्ठ सल्लाहकार युवराज गुरुङ, वरिष्ठ सल्लाहकार कुमार थापा, गण्डकी प्रदेश समाजका उपाध्यक्ष कुमार गुरुङ, स्याङ्जा भीरकोट आठथर तमू समाजका अध्यक्ष मनोज गुरुङ लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रम सञ्चालन केन्द्रीय सचिव टोजिन्द्र गुरुङले गरेका थिए ।