पर्वत- पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले अग्रता लिएको छ। आइतबारदेखखि सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो दिनमा फाइनल भएका चार वटा बिधाबाट नारायण मा.वि.ले दुई स्वणर् र एक कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा अग्रता कायम गरेको हो। नारायण मा.वि.ले छात्राको तीन हजार मिटर दौडमा पूजा श्रेष्ठले जित हात पारेकी छिन्। उक्त इभेन्टमा नमूना अंग्रेजी आवासिय मा.वि.की शुसियाना अधिकारीले रजतमा जनक मा.बि.की बिनिता बि.क.ले कास्य पदक पाएकी छिन्। छात्रतर्फको आठ सय मिटर दौडमा पनि नारायण मा.बि.कै निर्मल सुनारले स्वणर् पदक हात पारेका छन्। सोही इभन्टमा पर्वत गुरुकुल एकेडेमीका इस्विन पौडेलले रजत र कालीगण्डकी एकेडेमीका सुजल लामिछाने क्षेत्रीले स्वणर् पदक पाएका छन्।आइतबार नै फाइनल भएको तीन हजार छात्र दौडमा कालीगण्डकी एकेडेमीका कृष्ण बहादुर परियारले स्वणर् पदक पाएका छन्। सोही विधामा विश्वज्योती मा.वि.का प्रताप सुवेदीले रजत र पञ्चकोशी मा.वि.का सौगात क्षेत्रीले कास्य पदक पाएका छन्। आठ मिटर लम्बाईको छात्रा दौमा पूणर्ेश्वर मा.बि.की स्मृती नेपालीले स्वणर् पदक पाएकी छिन्। सोही प्रतिस्पर्धामा बीरेन्द्र मा.वि.का सुजना गौतमले रजत र नारायण मा.बि.की तनु थापाले कास्य पदक पाएका छन्।प्रतियोगिताको सुरुवातसँगै प्रर्दशन भएको मार्च पास्टमा खुर्कोटको हिमालय मा.बि. बिजेता बनेको छ। सोही बिधामा कालीगण्डकी एकेडेमी दोस्रो र नमूना आवासिय मा.वि. तेस्रो स्थानमा आएका छन्। मार्च पास्टमा बिजेता बने पनि यो अङ्क भने प्रतिस्पर्धामा जोडिने छैन्।प्रतियोगिताको औपचारिक उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको भए पनि विद्यालयहरुको सहभागिता उत्साहजनक रहेको भन्दै खुसी व्यक्त गरे। कुश्मा नगरपालिकाको आयोजनामा भएको पहिलो नगर स्तरीय खेल भएकाले यो खेलबाट सिकेर आगामी खेलहरुमा सुधारको प्रयास गरिने उनको भनाई छ। नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले खेलको माध्यमबाट स्वस्थताको विकास गर्न सकिने भएकाले मानव जीवनमा खेल अपरिहार्य रहेको बताईन्। स्वास्थ्य नै धन भएकाले हरेक व्यक्तिले शरीरलाई तन्दुरुस्त राख्नको लागि नियमित अभ्यासको आवश्यकता रहेको उनको भनाई छ।कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले खेलले व्यक्तिमा अनुशासनको विकास गर्ने भएकाले विद्यार्थीहरुलाई खेलको महत्वका बारेमा बुझ्न अनुरोध गरे । कार्यक्रमको अध्यक्ष तथा कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले खेललाई सफल पार्नको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।