प्रमुख समाचार

पैयूँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

By लोकतन्त्र अनलाईन

December 18, 2023

पर्वत – पैयूँ गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छनौट प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पानसमा दियो बालेर गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले गर्नुभयो । उद्घाटन संगै उपाध्यक्ष रानाले खेलकुद क्षेत्रको प्रबर्द्धनमा गाउँपालिकाले यथेष्ट ध्यान दिएको साथै आगामी दिनमा यस क्षेत्रको खेलाडीहरुको मनोबल उच्च बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव रिमाल, ७ वटै वडाका वडा अध्यक्षहरु, सम्पुर्ण बिद्यालयका व्यवस्थापन समितीका अध्यक्षहरु, प्रधानाध्यापकहरु, ईलाका प्रशासन कार्यालयका प्रमुख, इलाका प्रहरी इन्चार्ज, सम्पुर्ण वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु द्वारा मार्च पास सहितको आकर्षक प्रस्तुती गरेका थिए । विभिन्न इभेन्ट्समा संचालन हुने कार्यक्रममा रिले दौड, भलिवल, तेक्वान्दो, हाईजम्प, लङजम्प , विभिन्न दुरीका दौडहरु लगायतका खेलहरुको छनौट प्रतियोगिता हुनेछन ।