प्रमुख समाचार

पर्वतको ठुलिपोखरीमा ब्याबसाय सचेतना तालिमको समापन

By लोकतन्त्र अनलाईन

March 17, 2023

पर्वत – पर्वतको कुश्मा नगरपालिका १२ ठुलिपोखरीमा ब्याबसाय सचेतना तालिमको समापन गरिएको छ । कुश्मा नगरपालिकाको लघु उधम शाखा मेड्पाको आयोजनामा भएको ८ दिने तालिम आज समापन गरिएको हो । गरिव, बिपन्न तथा दलित समुदायका महिलाको जिविकोपार्जन सुधारका लागि उक्त तालिम सन्चालन गरिएको नगरपालिकाले जनाएको छ । तालिममा स्थानीय ३० जना महिलाको सहभागिता थियो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिकामा लघुउधम मार्फत ग्रामिण महिला लाई आयाआर्जनमा जोड्न चाहेको बताउनुभयो । जोशीले तालिम लिएका महिलाहरु लाई आगामी दिनमा ब्यबसाय शुरु गर्नका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले लघुउधम जिविकोपार्जनको गतिलो श्रोत बन्ने विश्वास ब्यक्त गर्नुभयो । उक्त अवसरमा कुश्मा नगरपालिकालघु उधम फोकल पर्सन धुर्वराज पौडेल, बालकृष्ण शर्मा, लालप्रसाद शर्मा, सहभागी सुनिता बिक लगायतले बोल्नुभयो । तालिममा सहभागी महिलाले यो तालिम आफुहरुको लागि जिवनौपयोगी रहेको बताउनुभएको थियो । वडाध्यक्ष झलकप्रसाद रिमालले महिला लाई सीप सङ्गै रोजगार र उधम दिन नगरपालिका, प्रदेश सरकार र संघ सरकार सम्म कोसिस गरिने बताउनुभयो । रिमालको अध्यक्षतामा भएको कार्यक्रममा मेडपा कर्मचारी सीता नेपालीले तालिमको उदेश्य र उपलब्धिका बारेमा प्रकाश पार्नुभयो भने सन्चालन मेड्पा कर्मचारी लक्ष्मी रिजालले गर्नुभएको थियो ।