प्रमुख समाचार

कुश्मामा बिउँपुँजी परिचालन सम्वन्धी तालिम कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

June 10, 2023

गणेश सुबेदी पर्वत – नेपाल अपाङ्ग उत्थान समाज पर्वतको आयोजना तथा बौद्विक अपाङ्ग अभिभावक संघ पर्वतको समन्वय र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सिबिआर बिउँपुँजी परिचालन सम्वन्धी तालिम कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ । सो तालिम कार्यक्रममा बौद्धिक अपाङ्ग अभिभावक संघ पर्वतका सचिव गणेश सुबेदी ले अपाङ्गताको परिभाषम र वर्गिकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो त्यसै गरि नेपाल अपाङ्ग समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले सिविआर अवधारणा, अपाङ्गता परिचयपत्र वितरण कार्यविधि र बिउँपुँजी सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो

सो तालिम कार्यक्रममा कुस्मा नगरपालिका जलजला गाउँपालिका र मोदि गाउँपालिका बाट अपाङ्गता भएका व्याक्तिहरुको सहभागिता रहेको थियो ।