खेलकुद

मैत्रीपुणर् फुटबलमा पर्वत जेसीज विरुद्ध पत्रकार महासंघ हावी

By लोकतन्त्र अनलाईन

June 07, 2023

पर्वत : जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन फूटबल प्रतियोगिताको आयोजना गरेको हो । खेलमा जेसीजको समूहलाई पत्रकार महासंघको टोलीले पराजित गरेको छ । ४० मिनेटका लागि निर्धारण गरिएको समयमा दुवै टोलीबाट एक÷एक गोलको बराबरी भएको थियो । पेनाल्टीबाट निर्णय गर्नुपर्ने अवस्थामा पत्रकार महासंघको टोलीले थप दुई गोल प्रहार गर्दै गोल सङ्ख्या तीन पु¥यायो । शसस्त्र प्रहरी बल चण्डिका गण बडागाउँमा भएको प्रतियोगिता पर्वत जेसिजका अध्यक्ष बिनोद आचार्यको अध्यक्षता तथा शसस्त्र प्रहरी बल नं २५ गण शसस्त्र प्रहरी उपरीक्षक अरबिन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सन १९९६ मा स्थापित पर्वत जेसीजले स्थापना काल देखि नै निरन्तर रुपमा जेसीज सप्ताह सन्चालन गर्ने गरेको छ । यस बर्ष पनि सोही अनुसार मनाइएको सप्ताह अन्तर्गत रहेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा पर्वत जेसिजकी निर्देशक सपना पौडेलले बताइन् ।