पर्वत-जिल्ला प्रहरी कार्यालय पर्वतले अदालतबाट सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको मिति २०४८ साल माघ १० गतेको फैसलाले ४ महिना ९ दिन कैद भई हालसम्म फरार रहेका चोरी सम्बन्धी मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् । मोदी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५९ का भिम बहादुर मल्ल पक्राउ परेका छन् । त्यसैगरी गत फागुन ११ गतेको फैसलाले “हातहतियार तथा खरखजना“ सम्बन्धी मुद्दामा जनही ११ महिना २७ दिन कैद भई हालसम्म फरार रहेका महाशिला गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का ओम बहादुर मल्ल र महाशिला वडा नं. ४ बस्ने बर्ष ३६ का बिर बहादुर गुरुङ पनि पक्राउ परेका छन् । पुस २१ गते प्रहरी चौकी देउपुर पर्वतबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रवार पर्वत जिल्ला अदालत मार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिनुभयो । ।