प्रमुख समाचार

बजेट आऊने दिन

By लोकतन्त्र अनलाईन

June 01, 2023

                                                                        -अर्जुन पौडेल निर्जन

आज बजेट आऊने दिन बिहानै देखी चहलपहल छ रकम काट्ने र छाट्नेहरुको सिंहदरबार तीर

मन्त्रीज्यु रातो गलबन्दी पहिरेर रातो रिबन भित्रको ब्रिफकेशबाट रातो मसीले हस्ताक्षर गरेको

आज बजेट आऊने दिन चहलपहल छ देशैभर गाऊँ गाऊँ टोल टोल रेडियो फुकीरहेछ मन्त्रीज्युको बजेट भाषण पट्यारलाग्दो एकतमास रेडियो सुन्नेहरुको जमात केही नया आऊने आशामा ब्यग्र प्रतीक्षा सहित सुनीरहेछन सुन्नेहरु किसानको अनुदान काटीएको कुरा शिक्षक/कर्मचारीको पोशाक भत्ता हटाईएको कुरा देशका दीर्घकालीन महत्वका योजनाहरुको बजेट काटीएको कुरा ब्यबसायी लाई कर बढ़ाऊने कुरा अनी कार्यकर्ताको लागी भाग लगाऊँने ५/५ करोड़को कुरा पनी

बजेट सुन्दा लाग्यो देश ठुलाबड़ाहरुको लागी हो सत्ता र तिनका कार्यकर्ताहरुको लागी हो भाषणमा सुनियो मात्र करोड़ करोड़को कुरा अर्ब र खर्बको कुरा तर अपशोच अह सुनीएन अधूरा सड़क,अस्पताल र बिकासका कुरा बन्द उधोग चलाउने कुरा रोज़गारी सृजन गर्ने कुरा युवा र मज़दूरका कुरा महिला र किसानका कुरा दलित,जनजाति र अल्पसंख्यकका कुरा र अझै सून्दै सुनीएन कतै मेरो देश बनाउने कुरा मेरो देश बचाऊने कुरा कुस्मा पर्वत