प्रमुख समाचार

पहिरोले मध्यपहाडी लोकमार्गको पर्वतको भ्याप्लेमा सडक अवरुद्ध

By लोकतन्त्र अनलाईन

August 31, 2022

पर्वत-मंगलवार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिवाट झरेको पहिरोका कारण गएरातीदेखिनै सडक अवरुद्ध भएको हो । ठुला ठुला ढुंगाहरु सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा नरोकिएकाले पनि सडक खुलाउन समस्या भएको छ । त्यस्तै सोहि स्थान भन्दा केहि अगाडी मोदीखेतमा पनि सडकमा ढुंगा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुंगा पन्छाएर सडक खुलाईने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट अन्य छुटेका सवारीसाधनहरु आम्वोटमा र अन्यत्रवाट धौलागिरिका चार जिल्लाका लागि आएका सवारीसाधन र यात्रुहरु पातीचौरमा अलपत्र बनेका छन् ।