निर्मल पौडेल पर्वत/ १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीतामा २०७८ मा सफल हुने पर्वतका खेलाडी लाई कुस्मामा स्वागत गरिएको छ। पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगीतामा सफल हुने खेलाडीहरु लाई शनिबार जिल्ला खेलकुद बिकास समिति पर्वतले सदरमुकाम कुस्मामा स्वागत गरेको हो। जिल्ला खेलकुद विकास समिती पर्वतको सभाहलमा जिल्ला खेलकुद बिकास समिती पर्वतका सदस्य सचीव जगदीश कुवँर र माओवादी केन्द्रका युवा नेता तथा पर्वत अस्पताल बिकास समिती पर्वतका अध्यक्ष शंकर गिरिले अविर र खादा लगाएर गरेका थिए । ७ हजार भन्दा बढीले सहभागीता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्वतका खेलाडीले राम्रै स्थान हाँसिल गरेका हुन् । बिजेता खेलाडी हरुलाइ स्वागत गर्दै युवा नेता गिरिले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर प्रथम,दित्तिय स्थान हासिल गर्न सफल र अन्य मेडल प्राप्त गर्ने खेलाडी हरु लाई हार्दिक बधाई ब्यक्त गरे।गिरिले प्राप्त पुरस्कार खेलाडीले मात्र प्राप्त गरेको नभएर समग्र पर्वत वासीले प्राप्त गरेको भन्दै पर्वतबासीका लागि गर्वको कुरा भएको बताए। गिरिले आफू पनि खेलप्रेमी भएको भन्दै पर्वतमा खेलकुदको बिकास गर्न सम्बन्धित निकाय सङ्ग पटकपटक कुराकानी गरेको सुनाउदै आफू सदैव खेलाडीको साथमा रहेको जिकिर गरे। कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती पर्वतका सदस्य सचीव जगदीश कुवँरले सफल खेलाडी लाई बधाई दिदै खेलाडीले प्राप्त गरेको पुरस्कारले जिल्लाको खेल क्षेत्रमा इट्टा थप्न सफल भएको उल्लेख गरे । गुरुङले खेलकुदमा जित्नु मात्र ठुलो नहुने भन्दै जित लाई उचाइमा पुर्याउन निरन्तरता दिइराख्नुपर्ने बताए। स्वागत कार्यक्रममा युवानेता मिनराज केसी अविरल,जिल्लाका खेलाडी एवं खेलप्रेमीहरुको उपस्थित रहेको कार्यक्रमको सन्चालन खेलकुद विकास समिति पर्वतका सदस्य सुजन बिकले गरेका थिए। यो भयो स्वागत कार्यक्रमको कुरा,मैदानमा उत्रिएर क-कस्ले के गरे? १० किलोमीटर पुरुष दौड प्रतियोगितामा फलेवास नगरपालिका ६ का प्रताप भुसाल र फ न पा ६ कै प्रबिन श्रेष्ठले मेडल प्राप्त गरे,,यसैगरी महिला दौड तर्फको ५ किलोमीटर तर्फ कुस्मा नगरपालिका ४ कि पुजा श्रेष्ठले ९ औ स्थान हासिल गरिन सफल भइन्। यस्तै फ न पा ६ कि एन्जिला पराजुली र दिपा छेत्री यस्तै फ न पा ५ कि स्मृति सुनारले मेडल प्राप्त गर्न सफल भए। यसैगरी ५ किलोमीटर पुरुष दौड तर्फ फ न पा ५ का अभि परियार, फ न पा ४ का इमरान खान बिकास कुवरले मेडल हात पारे। ५ किलोमीटर दौडमै फ न पा २ का आनन्द थापाले प्रथम स्थान हासिल गरे भने कुस्मा नगरपालिका ४ का कृष्ण परियार दित्तिय हुन सफल भए। प्रतियोगितामा सफल हुनेले नगद रु १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न।