रामचन्द्र भुसाल पर्वत – पर्वतको फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको हो । हिंसाको प्रतिकार गर्दै म हिंसा सहन्न, म हिंसा गर्दिन, हिंसा भए गरेको देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धाताका साथ उक्त अभियानलाई निरन्तरता दिईने नगरप्रमुख गंगाधर निवारीले जानकारी दिनुभयो । फलेवास नगरपालिका भित्रका ११ वटै वडामा हिंसा विरुद्धका सचेतनामुलक नाटक प्रदर्श गरी हिंसा न्युनिकरणमा जोड दिईने महिला तथा बालबालिका शाखाकि विष्णु कुमारी शर्माले बताउनुभयो । यस्तै वडा भित्रका उच्चतम विद्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभियानलाई प्रमावकारी बनाउने कुरामा जोड दिन प्रमुख प्रशाशकिय अधिकृत नेत्र प्रसाद पौडेलले आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिकका कर्मचारी, सुरक्ष निकायका पदाधिकारी, पत्रकार लयागतको उपस्थिति रहेको थियो । नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कायक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख आरति रेग्मिले गर्नुभएको थियो । कार्यक्रम यहि मंसिर ९ गतेदेखी २४ गतेसम्म सञ्चालन गरीने उल्लेख गरीएको छ ।