पर्वत- नेकपा एमाले पर्वतको चुनावी प्रचार प्रसार कार्यक्रम सोमवार दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं. १ टकलाक र वडा नं. २ त्रिवेणीमा सम्पन्न भएको छ । टकलाकको सिगारकोष, नामसारी, बाबी, चौर र पैयुं गा. पा. २ त्रिवेणीका नेकर्गा, त्रिवेणी बजार, चिन्नेखर्क, भर्मा खर्क र अर्थुन लगाएतका टोल तथा बस्तीहरुमा घरदैलो र कोण सभा सम्पनन भएका छ्न । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले यो मुलुकको समृद्धि र विकासका लागि नेकपा एमालेले स्पष्ट बहुमतका साथ आगामी निर्वाचन जित्नुपर्ने बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा गरेका अधिकांस प्रतिवद्धताहरु पुरा भएको बताउँदै केपि ओली सरकार पुणर् कार्यकाल संचालन भएको भए अझै धेरै काम गर्न सकिने बताउनुभयो । एमालेले नेतृत्व गरेको साढे तीन वर्षको सरकारको पालामा विकास खाका कोर्दै अधिकांस काम शुरुवात र केहि सम्पन्न भएकोस्मरण गर्दै मुलुकका आर्थिक समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभयो । उहाँले गठवन्धनधारी सरकार आएपछि जनताले महंगी, भ्रष्टाचार, अभाव र संकट बाहेक केहि नपाएको बताउँदै आफुनो गाउँ र सिंगो मुलुकको हित चाहनेलेले एमालेलाई बिजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले पर्वत क्षेत्र ख को विकास र समृद्धिका लागि आफु चुनावी मैदानमा आएको बताउनुभयो । लामो समयपछि पैंयुले उम्मेदवार पाएको बताउँदै आफुलाई मत दिएर नागरिकको सेवा गर्ने अवसर दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य मनोहरवि पौडेल, प्रदेश सदस्य कमल भुसाल, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, समानुपातीक उम्मेदवार केशकुमारी दमिनि, जिल्ला सचिब गोविन्द पहाडी, प्रचार प्रसार संयोजक जीवन उच्चै ठकुरी लगायतका नेताहरुको सहभागिता रहेको छ । सो अवसरम स्थानीयले टकलाक जोड्ने मोटरवाटो कालोपत्रे, सुन्तला खेतीको विस्ता र बजारीकरण योजना, सितभण्डार निर्माण, विद्यालय भवन, मगर संग्राहालय लगायतका योजनाहरु माग गरेका थिए ।
यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनाव प्रचार प्रसार अभियान मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा सम्पन्न भएको छ । कुँवर सहित एमाले नेता गणेश शर्मा पौडेल, मेघनाथ सुवेदी, शान्त पौडेल, प्रेम पौडेल, प्रेमुकुमार लामिछाने, समानुपातीक उम्मेदवार कमला पन्तको टोलीले राम्जादेउरालीका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै प्रदेश सभाका उम्मेदवार भक्त कुँवरले मुलुकका देखिएको आर्थिक संकट र बढ्दो महंगीको मारवाट नागरिकलाई मुक्त गर्न एमाले बिजयी हुनुपर्नेमा जोड दिनुभयो । उहाँल एमालेले बिजयी भएपछि मात्र गठवन्धनले उब्जाएका तमाम समस्या समाधान हुने बताउनुभयो ।
त्यसैगरी सत्ता गठवन्धनका नेताहरुको चुनावी कार्यक्रम फलेवास नगरपालिकाको मुडिकुवामा सम्पन्न भएको छ । गठवन्धन तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेश सभा ख का उम्मेदवार ऋषिकेश तिवारी सहितको टोलीले मुडिकुवाका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोणसभा गरेका छन् । संविधानको रक्षा, विकास निर्माण र र गठवन्धनको निरन्तरताका लागि मत दिन उनिहरुको आव्हान रहेको छ । उम्मेदवारी दर्ता गराएका राप्रपा पर्वत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, नेपाल सुशासन पार्टी, विपि काँग्रैस, राष्ट्रिय जनमुक्ति पार्टीले पनि गाउँ केन्द्रीत चुनावी अभियानलाई तीब्रता दिएका छन् ।