प्रमुख समाचार

विहादीवासीले एमाले उम्मेदवारलाई थमाए योजनाको चाङ, चुनाव लगत्तै पुरा गर्ने प्रतिवद्धता

By लोकतन्त्र अनलाईन

October 25, 2022

पर्वत- नेकपा एमाले पर्वतको चुनावी प्रचार प्रसार कार्यक्रम सोमवार दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित वडा नं. ५ उरामपोखरा र वडा नं. ६ शालिग्राममा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल सहित नेताहरुको टोलीले उरामपोखराको गेप्ताङ, चिउरीखाल्टा, लुम्र्‍याङ, खोरपोखरा तथा वडा नं. ६ शालिग्रामका माझगाउँ, छापा, मिथ्लाङ र सेतीवेणीबजारमा कोणसभा तथा घरदैलो सम्पन्न गरेका छन् । सो अवसरमा स्थानीय वासीहरुले राखेका मागहरु तत्काल सम्वोधन गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाउनुभएको छ । स्थानीयवासीहरुले कालीगण्डकी लोकमार्गको बाँकी काम सम्पन्न गर्न, लिफ्ट खानेपानीका दुई वटा योजनाको काम शुरुवात गर्न, शलिग्राम शिला क्षेत्रको संरक्षण तथा पर्यटन पुर्वाधार निर्माण गर्न, गेप्ताङमा रहेको सामुदायिक होमस्टेको पूर्वाधार विकास र शालिग्रामका विभिन्न बस्तीमा खानेपानी समस्याको समाधानका लागि पहल गरिदिन माग गरेका थिए । |स्थानीयका माग र गुनासालाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु अघिल्लो कार्यकालमा निर्वाचित भएपछि कालीगण्डकी लोकमार्गको काम तीब्र गतिमा अघि बढेको बताउँदै लमाएखोलामा पुल निर्माण भएपछि पर्वत खण्डको पुरै काम छिटै सम्पन्न हुने बताउनुभयो । उहाँले स्थानीयले राखेका सवै मागप्रति आफु गम्भिर रहेको बताउँदै निर्वाचन सकिएपछि तत्काल ती योजनाहरुलाई सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । नियमित संचालन भैरहेका योजना समेत एमालेको सरकार हटेपछि अलपत्र परेको भन्दै पुनः एमाले बिजयी नभएसम्म नागरिकका अपेक्षा र आवश्यकता पुरा हुन नसक्ने समेत ठोकुवा गर्नुभयो । उहाँले मुलुकलाई कंगाल बनाउन जन्मेको अपवित्र गठवन्धनले जनतालाई महंगीको मार थोपर्नुका साथै देशलाई नै आर्थिक संकटमा फसाएको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा सरकार बनेपछि बृद्धबृद्धा, युवा विद्यार्थी र आम नागरिकले चाहेजस्तो परिवर्तन आउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले गठवन्धन बनेपछि धेरै विकास निर्माणका कामहरु ओझेलमा पारेको बताउँदै चुनाव पछि एमाले नेतृत्वको सरकार बन्ने र त्यसले सवै अवस्थालाई लयमा ल्याउने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, गण्डकी प्रदेश सचिवालय सदस्य मनोहरवि पौडेल,प्रदेश सदस्य कमल भुसाल, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, समानुपातीक उम्मेदवार केशकुमारी दमिनि, जिल्ला सचिब गोविन्द पहाडी, प्रचार प्रसार संयोजक जीवन उच्चै ठकुरी लगायतका नेताहरुको सहभागिता रहेको छ । आजटकलाकमा कार्यक्रम हुने भएका छन् ।

यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनाव प्रचार प्रसार अभियान मोदी गाउँपालिका वडा नं. २ देउपुरमा सम्पन्न भएको छ । कुँवर सहित एमाले नेता गणेश शर्मा पौडेल, शान्त पौडेल, प्रेम पौडेल, प्रेमुकुमार लामिछाने, समानुपातीक उम्मेदवार कमला पन्तको टोलीले देउपुरका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै प्रदेश सभाका उम्मेदवार भक्त कुँवरले मुलुकका देखिएको आर्थिक संकट र बढ्दो महंगीको मारवाट नागरिकलाई मुक्त गर्न एमाले बिजयी हुनुपर्नेमा जोड दिनुभयो । उहाँल एमालेले बिजयी भएपछि मात्र गठवन्धनले उब्जाएका तमाम समस्या समाधान हुने बताउनुभयो ।

त्यसैगरी सत्ता गठवन्धनका नेताहरुको चुनावी कार्यक्रम पैंयु गाउँपालिकाको त्रिवेणी र टकलाकमा सम्पन्न भएको छ । गठवन्धन तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेश सभा ख का उम्मेदवार ऋषिकेश तिवारी सहितको टोलीले त्रिवेणी र टकलाकका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोणसभा गरेका छन् । संविधानको रक्षा, विकास निर्माण र र गठवन्धनको निरन्तरताका लागि मत दिन उनिहरुको आव्हान रहेको छ । त्यस्तै प्रदेश सभा क तर्फ गठवन्धनका उम्मेदवार सुदिप कुँवरको चुनावी कार्यक्रम कुश्मा नगरपालिका वडा नं. ८ चुवामा सम्पन्न भएको छ ।