प्रमुख समाचार

पर्वतमा उकालो लाग्दै कोरोना ग्राफ, सक्रिय संक्रमित ५७ पुगे

By लोकतन्त्र अनलाईन

August 24, 2022

पर्वत- पर्वतमा कोरोनाको ग्राफ फेरी उकालो लाग्न थालेको छ । अहिले जिल्लाभरमा ५७ जना कोभिडका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । अहिले कुश्मा नगरपालिकामा १३, फलेवासमा ७, पैंयु गाउँपालिकामा ११, महाशिलामा १४ र विहादीमा १२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका कोभिड फोकल पर्सन नारायण रेग्मीले जानकारी दिनुभयो । २२ जना महिला र ३५ जना पुरुष सक्रिय संक्रमित रहेका छन् । कोरोनाको चौथो लहर विस्तारै फैलिँदै गएकाले सावधानि अपनाउन कार्यालयले आग्रह गरेको छ । कार्यालयका अनुसार आज गरिएको २३ जनाको परिक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । ७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।