प्रमुख समाचार

पर्वतमा ५५ प्रतिशत मत खस्यो, मतगणना केहिवेरपछि शुरु गर्ने तयारी

By लोकतन्त्र अनलाईन

November 21, 2022

पर्वत –  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो । जस अनुसार विहादी गाउँपालिकामा जम्मा १० हजार ९ सय ९० मत मध्ये ५ हजार ७ सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार ४ सय ३२ मध्ये ९ हजार २ सय २०, फलेवास नगरपालिकामा २३ हजार ५ सय ६४ मध्ये १२ हजार १ सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार ८ सय २० मध्ये १८ हजार १ सय ३, महाशिला गाउँपालिकामा ८ हजार ३ सय ८७ मध्ये ४ हजार १, मोदी गाउँपालिकामा १९ हजार ८ सय ३६ मध्ये १० हजार ५ सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार ६ सय २० मध्ये ६ हजार ४ सय १९ मत खसेको हो । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय १९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुंगानाका अनुसार जिल्लाका सवै मतदान स्थलवाट मतपेटिकाहरु सदमुकाम आईसकेका छन् । विहान ७ बजे सर्वदलिय वैठक आव्हान गरिएको र वैठक सकिएलगत्तै मतगणना पनि शुरु गर्ने तयारी गरिएको ढुंगानाले बताउनुभयो ।