पर्वत- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वणर् पदकमध्ये विभागिय टोली नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वणर् पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।
गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वणर्, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वणर्, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल गर्यो । त्रिभुवन आर्मी क्वल २ स्वणर्, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो ।
बागमती प्रदेशले २ स्वणर्, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वणर् सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त गर्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कणर्ालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुपर्यो ।
कणर्ाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वणर्, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।
हतारमा गरिएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका थिए । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उत्कृष्ट खेलाडीहरुलाई पदक वितरण गर्नुभएको थियो ।
कराँतेका सवै इभेन्ट सकिएसँगै खेलाडिहरु पोखरातर्फ फर्किएका छन् ।






