प्रमुख समाचार

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया

By लोकतन्त्र अनलाईन

January 15, 2022

पर्वत- राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा सुनिल बाँनियालाई जिम्मेवारी दिईएको छ । राष्ट्रिय युवा संघको पोखरामा सम्पन्न केन्द्रीय सचिबालयको पुणर् वैठकले बाँनियालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस अघिका जिल्ला संयोजक रहनुभएका थमनारायण पौडेलाई केन्द्रीय सदस्यमा मनोनित भएपछि बाँनीयालाई युवा संघको संयोजकको जिम्मेवारी दिईएको बताईएको छ । बाँनिया हालै सम्पन्न नेकपा एमाले पर्वतको नबौ जिल्ला अधिवेशनवाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । लामो समयदेखि युवा संघमा आवद्ध रहि सक्रिय राजनीति गर्दै आउनुभएका बाँनिया आगामी दिनमा जिल्लाका सम्पुणर् युवाहरुलाई नेतृत्वमा ल्याउनेगरी काम गर्ने बताउनुभएको छ । सवै युवाहरुलाई राष्ट्रिय युवा संघ र नेकपा एमालेमा गोलबन्द गर्न अभियान संचालन गर्ने उहाँले बताउनुभयो । सचिबालयको पुणर् वैठकले केन्द्रीय लेखा आयोगको अध्यक्षमा पर्वतका प्रकाश लामिछानेलाई जिम्मेवारी दिएको छ भने केन्द्रीय सदस्यमा थम नारायण पौडेल,अर्जुन पौडेल निर्जन मनोनित हुनुभएको छ । त्यसैगरी गण्डकी प्रदेश सह सचिवमा बिकास गिरी मनोनित हुनुभएको छ ।