पर्वत- पर्वत जेसीजको २६ औं शाखा अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित समितिको अध्यक्षमा बिनोद आचार्य रहनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा हेमन्त बाबु आचार्य र गणेश पौडेल, कानुनी सल्लाहकारमा मिलन पौडेल चयन हुनुभएको छ । जेसीजको महासचिबमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा सन्दिपा शर्मा पौडेल, उपाध्यक्षमा सागर पोखरेल, माधब राज पोखरेल, निरमा राजभण्डारी, र झलक चापागाईं रहनुभएको छ । त्यसैगरी सहसचिवमा अजय पोखरेल, सह कोषाध्यक्षमा मन्जु शर्मा लामिछाने र जसीजको निर्देशकमा पार्वती शर्मा “ सपना“ तथा प्रकाश पौडेल रहनुभएको छ ।