पर्वत– नेपाल औषधी व्यावसायी संघ पर्वतले जिल्ला अस्पतालका नवनियुक्त अध्यक्ष लगायत पदाधिकारीलाई बधाई ज्ञापन गरेको हो । हालै प्रदेश सरकारले शंकर गिरीको अध्यक्षतामा नयाँ समिति नियुक्त गरेको हो । पर्वत अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष गिरीले अस्पतालको सेवा र गुणस्तर सुधारमा निरन्तर लागि पर्ने बताउनुभयो । उहाँले अस्पताललाई नागरिकहरुको भरपर्दो र विश्वसनिय बनाउनका लागि आवश्यक सहयोग गर्न औषधी व्यावसायीहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा अस्पताल व्यवस्थापन समिति र औषधी व्यावसायी संघ बीच अस्पतालाई जिल्लाकै नमुना र जनशक्ति सम्पन्न बनाउनका लागि सहकार्य गरेर अघि बढ्ने सहमति समेत भएको छ । कार्यक्रममा अध्यक्ष गिरी सहित सदस्यहरु तारा पराजुली, परशुराम पुरी, भगवती शर्मा, पुणर्प्रसाद गौडेललाइ सम्मान तथा बधाई ज्ञापन गरिएको हो । औषधी व्यावसायी संघ पर्वतका अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेल, अस्पतालका डाक्रहरु डिवी क्षेत्री, हेमन्त बराल, कुशल बराल, सन्दिप पौडेल, सुरज नेपाली लगायतलको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका जिल्ला सदस्य हरिप्रसाद सुवेदीले गर्नुभएको थियो ।