पर्वत – आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् । नेकपा एमाले पर्वतले बिहीवार जिल्लाको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी र वडा नंं. ३ बालाकोटमा चुनावी सभा सम्पन्न गरेको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्ेमदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले पाखापानी र वालाकोटका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले नेकपा एमालेनै जनताको समृद्धिका लागि काम गर्ने पार्टी भएको बताउनुभयो । विगत पाँच वर्षको कार्याकालमा महाशिला गाउँपालिका लगायत जिल्लाभर विकास निर्माण तीब्र गतिका साथ अघि बढाउन सफल भएको बताउँदै एमालेलाई भरोसा गर्न अपिल गर्नुभयो । उहाँले अन्य दलहरु केवल खान र मुलुकलाई कंगाल बनाउनका लागि भ्रम सिर्जना गर्दै आएको बताउँदै अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका र छुटेका योजनाहरुलाई अबको पाँच वर्षमा पुणर्ता दिने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले एमालेनै विकास निर्माण र समृद्धिका लागि काम गर्ने दल भएकाले आफुहरु चुनावी नारा र योजना मात्र नभई काम गर्नेगरी फेरी मैदानमा आएको बताउनुभयो । प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नेकपा एमाले नेतृत्वको सरकारले मुलुक विकास र समृद्धिका लागि मार्गचित्र कोरेको बताउँदै त्यसको पुणर्ताका लागि पुन एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले अबको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ बिजयी नभए मुलुक पछाडि धकेलिने समेत बताउनुभयो । कार्यक्रमा नेकपा एमले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश किमिटि उपसचिब मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहडील लगायतको सहभागिता रहेको छ ।
त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङमा सम्पन्न भएको छ । पाङका विभिन्न बस्तीमा पुगेर कोणसभा र घरदैलो गरिएको हो । सोे अवसरमा उम्मेदवारकुँवरले एमाले सरकारको पालामा जिल्लामा सवैभन्दा बढि बजेट पाङमा भित्रिएको बताउँदै ती योजनाहरुको पुणर्ता थप विकासका लागि पुनः एमालेलाई बिजयी गराउन अपिल गर्नुभयो । पाङमा खेलमैदान, सडक कालोपत्रे, विद्यालय, स्वास्थ्यचोैकी, सिंचाई लगायतका योजनाहरुको पुणर्ताका लागि एमालेलाई जिताउनुको विकल्प नभएको उहाँको भनाई छ । कार्यक्रमा एमाले नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, समानुपातीक उम्मेदवार कमला पन्त, जिल्ला तथा नगर स्तरीय नेताहरुको पनि सहभागिता रहेको थियो । पाङका नागरिकहरुले यस पटक एमालेलाई नै जिताउने आश्वासन दिएका थिए ।