प्रमुख समाचार

कविता- पाठ सिकौं र भविष्य सुधारौं

By लोकतन्त्र अनलाईन

July 04, 2022

                                                                                                   – जगन्नाथ प्रसाद लम्साल कानुनी राज्य त्यो सर्वोपरि संसद भनिन्छ त्यो सर्वोपरि कानुन वन्ने ठाउँ नै मानिन्छ ती पाँच वर्ष खेर नै गए न वन्यो कानुन संसद भन्ने रहेछ क्या हो पेट्पाल्ने साधन ! ती जनताका अमूल्य मत खेर नै फालियो झगडा टन्टा विवाद गर्ने थलो नै बनाइयो हात्तीका दाँत देखाउने मात्र जनता झुक्याउने चुनाव आउने बेलामा भने ढडिया सोझ्याउने विभिन्न ठाउँमा न्यायका च्याँखे थापेका देखिन्छन् । सर्वोच्च न्याय दिने त्यो संस्था विवादग्रस्त छ । त्यो अभिजात वर्गका लागि टक्सार भाकोछ विवाद त्यहीँ वहिष्कार् त्यहिँ लेन्देन त्यही छ त्यो भन्दा माथि बढेर हेरे सेटिङ त्यहीँ छ दश-आठ जना आउँछन् जान्छन् पालो छ दसैको ती हात्ती छापे शिखर चढ्छन् पालो छ उनैको संसद न्याय डुल्दै छ ऐले बडा कै खल्तीमा सत्य र न्याय त्यो नैतिकता नदृतावस्थामा ऐलेको नेता छल्छाम गरी मोज र मस्तीमा गरेर यस्तै पैसठ्ठी वर्ष हामीले वितायौं बहानाबाजी झगढा टन्टा हामीले बेहोयौँ खरिद विक्री सांसद गर्दै भ्रष्टाचार् बढायौं विकास भन्नु पचास वर्ष पछाडि धकेल्यौं संसद कार्यपालिका न्यायपालिका समेत ती अकर्मण्य तिनोटै भए काम के हुने त ? धर्म र कर्म मानेनन् केही नैतिक यी छैनन् ह्दयभित्र त्यो हरि हुन्छ त्यसैलाई सम्झन्नन् मानवाधिकार् मुखले भन्छन् कर्तव्य गर्दैनन् न वर पर हेर्दछन् यिनी स्वार्थका कुम्ला छन् झुटको खेती गरेर हिँड्छन् मस्तीमा रमाउँछन् बुझ्दैनन् कति कर्तव्य के हो उत्तर दायित्व संयन्त्र सवै नचाउन थाले आफैमा छन् मस्त ऐलेको नेता के भनौं धेरै साह्ै नै छट्टू छ ती विदेशीको समाती फेरो टट्टु नै भाको छ बाचा र बन्धन् दया र क्षमा विर्सेर आको छ सुख र दुःख साथीकै पनि ती जरा खन्दै छ नहुँदा हुँदा गलौज गाली गरेर हिँड्दै छ सरम लाज घिन र पाप ती के हुन् जान्दैन झुटको मिठो पुलिन्दो छापी झुक्याउन जान्दछ गर्दछ चिप्ला ढाटका कुरा झुक्याउन बाठो छ चाकडी धेरै चाप्लुसी धेरै गर्नेलाई रुचाउँछ शाखा र सन्तान ती आफ्नै खोजी पोस्नमा बाठो छ फरिया तिर पद र मान दस्तुर टक्र्याउँछ त्यो सोमरसी प्रमृति लत्को पारखी भाको छ के भनौ धेरै दुर्गुण को त अखडा भाको छ गुलिया मिठा सपना बाड्ने व्यापार गर्दछ अवत सुध्रौं अतिनै भयो दुनियाँ व्युझियो हामी नै व्युझौं र उठौं जागौं उज्यालो भैसक्यो यो लोकतन्त्र ल्याएको हाम्रो अधुरो भयोकि? देश र युग सुहाउँदो पनि बनाउनु पर्छ कि ? नैतिक पक्ष हामीमै पनी कमी नै भयो कि ? नेपाल आमा मुटुमा राखी संविधान् सुधारौं सुन्दर चुस्त ती तन्दुरुस्त कानुन बनाऔं संविधान् कानुन् संशोधन गरी कामकाजी बनाऔं त्यो सर्वोपरि संसद भन्ने प्रमाणित गर्नु छ कर्तव्यनिष्ठ सांसद भई सुधार्नु पर्दछ धर्म र कर्म नीतिमा पैले नेतानै चल्ने हो राम्रा ती गुण जनतालाई सिकाउँदै जाने हो । -फलेवास-५, खानीगाउँ, पर्वत