पर्वत- ग्लोबल आईएमई बैंक कुश्मा शाखाले आफ्नो स्थापनाको १५ औँ बार्षिकोत्सव एक समारोह बीच मनाएको छ । २०६३ साल पौष १८ गते स्थापना भएको बैंक देशभर सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक हो । बैंकको चुक्ता पुँजी समेत सवैभन्दा बढि रहेको छ । बैंकमा ३२ सय भन्दा बढि कर्मचारीहरु कार्यरत रहेका छन् ।
स्थापना दिवसको अवसरमा कुश्मा शाखाले केक काटेर बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा शाखा प्रवन्धक प्रकाश शर्माले बैंकका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नाफामुखि भन्दा पनि सेवामुखि भावनालाई आत्मसात गर्दै बैंक अघि बढेको बताउँदै अहिले नेपालको सवैभन्दा बढि रोजाईको बैंक वनेको दावी समेत गर्नुभएको छ ।
कार्यक्रममा समाजसेवी तथा नेकपा एमालेका नेता इश्वर गिरीले ग्लोबल आईएमई बैंकले जिल्लाका नागरिकहरुलाई छिटो छरितो बैंकिङ्ग सेवा दिँदै आएको बताउँदै नागरिकलाई जति सर्वसुलभ सेवा दिन सकियो त्यति नै धेरै विश्वसनिय र प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजेन्द्र पहाडीले ग्लोबल आईएमई बैकको बार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै बैंकको सेवालाई नागरिकमुखि बनाउन सुझाव दिनुभएको छ । कार्यक्रममा व्यावसायीहरु नारायण कुँवर, किशोर पौडेल, ढाकाराम सापकोटा, माया गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बैंकका कर्मचारी राम लामिछानेले गर्नुभएको थियो ।