पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ टारमा रहेको जनज्योती आधारभुत विद्यालयमा दुई कोठे भवन निर्माण शुरु भएको छ । भवनको बिहीवार एक समरोह बीच शिलन्यास गरिएको छ । भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई शिक्षावाट प्राधिकरण प्रमुख दिपक लिमिछानेको पहलमा दुई कोठे भवन परेको थियो । उक्त भवनको समाजसेवी हरिप्रसाद लामिछानेले शिलन्यास गर्नुभएको छ । विद्यालयकोे भवन निर्माणका लागि जग्गा अभाव भएपछि स्थानीय रमाकान्त गौतम र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतमले आवश्यक जग्गा उपलव्ध गराउनुभएको हो । कक्षा तीन सम्म अध्यापन हुने उक्त विद्यालयमा दुई वर्ष अघिको हाबाहुरीले ठुलो क्षति पुर्याएको थियो । भवन निर्माण पछि बिपन्न बर्गका बालबालिकाहरुले सहज रुपमा अध्ययन गर्न पाउने भएका छन् । शिलन्यास कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि समाजसेजी हरिप्रसाद सुवेदी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतम, नेपाली काँग्रेस पर्वतका सदस्य हेमराज सापकोटा, नेपाली काँग्रेस ठुलीपोखरीका सभापति कुमार सुवेदी, विव्यस अध्यक्ष मेघनाथ गौतम, प्रअ जनार्दन सापकोटा लगायतले बोल्नुभएको थियो । यो भवन झण्डै २३ लाखको लागतमा निर्माण हुनेछ ।