खेलकुद

पर्वतको राम्जामा संचालित प्रदेश स्तरीय पुरुष भलिवलको फाईनल भोली, पर्वत र बागलुङ भिड्ने

By लोकतन्त्र अनलाईन

March 29, 2021

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा संचालित राष्ट्रिय सभा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा पर्वत र बागलुङ फाईनलमा प्रवेश गरेका छन् । सोमवार भएको सेमिफाईनल अन्तर्गत भएको पर्वत र म्याग्दीबीचको पहिलो खेलमा पर्वतले जित हात पारेको थियो भने बागलुङ र स्याङ्जा बीचको दोस्रो खेलमा बागलुङ बिजयी भएको थियो । मंगलवार फाईलन खेल हुने छ । फाईनल खेलमा पर्वत र बागलुङ भिड्ने भएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँमा पहिलोपटक आयोजना गरिएको यो प्रतियोगिता १३ गतेवाट शुरु भएको हो । प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ५० हजार, द्धितिय हुनेले रु १ लाख र तृतिय हुनेले रु ५० हजार रुपैया पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोली हुने फाईनल खेलमा कडा प्रतिस्पर्धा हुने अनुगमान गरिएको छ । तेस्रो स्थानका लागि स्याङ्जा र म्याग्दीबीच प्रतिस्पर्धा हुने छ । सो अवसरमा रत्यौली र डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ ।