खेलकुद

पर्वतको बिहादीमा नेपाल खेलकुद महासंघको गाउँपालिका कमिटी गठन, अध्यक्षमा भुसाल

By लोकतन्त्र अनलाईन

December 26, 2021

पर्वत – नेपाल खेलकुद महासंघ पर्वतले जिल्लाको बिहादी गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरेको छ । खेलकुद महासंघ पर्वतको पालिकास्तरीय कमिटी गठन गर्ने क्रममा बिहादीमा पुर्णचन्द्र भुसालको नेतृत्वमा १५ सदस्यीय बिहादि गाउँपालिका कमिटी गठन गरिएको हो। कमिटीको उपाध्यक्षमा अर्जुन सोनी, सचिब पर्शुराम भुसाल, सहसचिब लक्की सोनी र कोषाध्यक्षमा सनु थापा निर्वाचित हुनुभएको छ । नेपाल खेलकुद महासंघ, पर्वतका अध्यक्ष खडक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष शिव प्रसाद पौडेलले युवाहरुलाई खेलकुदका माध्यमबाट समाजमा परिर्वतन ल्याउने अभियानमा जागरुक बनाउन आवश्यक भएको बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटी सदस्य खोबनाथ ज्ञवाली, नेकपा एमाले बिहादिका नेता दुर्गाप्रसाद भुसाल , नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य बिक्रम श्रेष्ठ र ध्रुव श्रेष्ठ, नेपाल सार्वजनिक यातायात महासंघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ, युवा संघ बिहादीका अध्यक्ष भोजराज भुसाल, खेलकुद बिकास समितिका सदस्य रेखा थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत राष्ट्रिय युवा संघ बिहादी सयोजक भोजराज भुसालले गर्नुभएको थियो ।