प्रेस युनियन पर्वतका अध्यक्ष अधिकारीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी, मत दिएर जिताउन अपिल - News site from Nepal

पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत आज हुन लागेको पर्वतको जिल्ला अधिवेशनमा पत्रकार माया अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रेस युनियन पर्वतका अध्यक्ष समेत रहनुभएका अधिकारीले खस, आर्य समुहवाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको हो । आफु पछिल्लो समय पत्रकारिताको माध्यमवाट र पहिला बाल्यकालदेखिनै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेर गरेको योगदानको कदर गर्दै आफुलाई मतदान गर्न उहाँले अपिल गर्नुभएको छ ।
जिल्लाको साविक लुंखुदेउराली हाल महाशिला गाउँपालिकावाट नेपाली काँग्रेसमा आवद्ध भई निरन्तर पार्टी र समग्र जिल्लाको समृद्धिको लागि काम गर्दैै आएको तथा तत्कालीन द्धन्द्ध कालमा समेत धेरै पिडाहरु सहनुपरेकोले पनि आफुलाई कार्यकर्ताहरुले न्याय गर्ने उहाँको अपेक्षा छ । उहाँले नेपाली काँग्रेसलाई बलियो, शसक्त र मुलुकको पहिलो पार्टीको रुपमा विकास गर्न पनि आफुलाई मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको छ ।
आज विहानदेखि हुन लागेको मतदानमा जिल्लाभरीका झण्डै १२ सय प्रतिनिधि सहभागि हुँदैछन् । उहाँले बाँसखर्कदेखि टकलाक सम्मका प्रतिनिधिहरुसँग आफुलाई मतदान गरी बिजयी गराउन अपिल गर्दै राजनीतिको थप यात्रामा सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । खस आर्य समुहवाट तीन महिला सहित ६ जना चुनिन पाउने व्यवस्था छ । ६ जनानै महिला चुनिन पनि पाउने छन् ।
खस आर्यवाट महाधिवेशन प्रतिनिधिका लागि माया अधिकारी सहित मिना कुमारी केसी, अनिता मल्ल, मुना शर्मा लामिछाने, सरस्वती शर्मा जिज्ञासु र सिर्जना मल्लको पनि उम्मेदवारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!