नेपाली काँग्रेस पर्वत क को सभापतिमा राजकुमार क्षेत्री बिजयी - News site from Nepal

पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत प्रदेशसभा निर्वाचिन क्षेत्र अन्तर्गत पर्वत क को सभापतिमा राजकुमार क्षेत्री बिजयी हुनुभएको छ । उहाँले ३ सय ३० मत प्राप्त गरी सभापतिमा बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धि कृष्ण केसीले २ सय ८७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपसभापतिमा जीत बहादुर पुन र दुर्गादेवी शर्मा बिजयी हुनुभएको छ भने सचिबमा केशवप्रसाद उपाध्याय र बलबहादुर पुर्जा बिजयी हुनुभएको छ ।
सहसचिब पदमा टेकनारायण आचार्य र दया सुवेदी बिजयी हुनुभएको छ । अधिवेशनवाट प्रदेश प्रतिनिधिमा खुल्लातर्फ अर्जुन सुवेदी, कालीभत्त शर्मा, महेशकुमार शर्मा, रमेश पौडेल, सागर गिरी, सुरेन्द्र केसी र हेमराज सापकोटा बिजयी हुनुभएको छ भने खुल्ला महिलातर्फ इश्वरी पाठक, चित्रकला भारती, तुप्लाकुमारी शाक्य बिजयी हुनुभएको छ ।
त्यसैगरी खस आर्य महिलामा भगवती पौडेल, खस आर्य पुरुषमा टंकप्रसाद सुवेदी, तेजराज बास्तोला बिजयी हुनुभएको छ । आदीवासी जनजाती तर्फ कुलवहादुर पुन, दलित महिलामा मन्जु विक र दलित पुरुषतर्फ निर्मल विश्वकर्मा बिजयी हुनुभएको छ ।
बिजयी हुनेहरु सवै क्षेत्री प्यानलका रहेका छन् । उहाँलाई अर्जुनप्रसाद जोशीको साथ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!