पर्वतको ठुलीपोखरीमा एमालेको पार्टी कार्यालय स्थापना - News site from Nepal
पर्वतको ठुलीपोखरीमा एमालेको पार्टी कार्यालय स्थापना

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा नेकपा एमालेको वडा कार्यालय स्थापना गरिएको छ । जिल्ला कमिटि सदस्य ख्यामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा वडा कमिटीको कार्यालय उद्घाटन गरिएको हो ।
वडा कमिटी अध्यक्ष ढाकाराम सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर कमिटी अध्यक्ष मीन प्रसाद श्रेष्ठ , उपाध्यक्ष किशोर सापकोटा , सचिव गणेश पौडेल , उप सचिव स्वस्थानी रिजाल, नगर कमिटी सदस्य रुद्र केसी, वडा नं १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल, पुर्व वडा कमिटी सचिब गोकणर् सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव भरत सुवेदीले गर्नुभएको थियोे ।

कार्यालय उद्घाटन पश्चात् नेकपा एमाले १२ नं वडा कमिटीको प्रथम पुणर् वैठक समेत सम्पन्न भएको छ ।
वैठकले वडामा पार्टीका गतिविधिलाई सक्रिय बनाउने लगायतका निणर्यहरु गरेको अध्यक्ष ढाकाराम सापकोटाले जानकारी दिनुभयो ।
ठुलीपोखरीमा नयाँ कार्यसमिति आएलगत्तै पार्टीको कार्यालय व्यवस्थित बनाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!